PRABHU BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो १२औं विशेष साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Corporate Development Bank
  • बैंकिङ संसार 
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो विशेष साधारणसभा बोलाएको छ । बैंकले विशेष साधारणसभा असोज २९ गते बोलाएको हो । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । बैंकको प्रधान कार्यालय आदर्शनगर विरगञ्जमा ७ः३५ बजे उक्त सभा सुरु गर्ने बैंकले जनाएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने र वासलात, नगद प्रवाह र अन्य वित्तीय विवरण पारित गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावपनि पारित गर्ने भएको छ । 
सभामा विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कार्य क्षेत्र थप गर्न प्रबन्धक पत्रमा आवश्यक संशोधन गर्ने, मकवानपुर र काभ्रेलाई कार्यक्षेत्र हटाउने र नियामकको निकायको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालन समितिलाई दिनोयतका एजेण्डा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै