प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ। बिहान १०:३० बजे प्रधानमन्त्री कार्यालयमा गभर्नर पौडेल र शाहबीच भेटवार्ता भएको हो ।

राष्ट्र बैंक स्रोतकाअनुसार सो भेटघाटका क्रममा देशको आर्थिक अवस्थाको बारेमा सामान्य छलफल भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले कसैको दवावमा नपरी स्वतन्त्र भएर काम गर्न निर्देशन दिए ।

गभर्नर पौडेलले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गरिसकेका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै