PRABHU BANK

नेपाल राष्ट्र बैंकले माग्यो दुई पदका लागि कर्मचारी

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले करार सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकको माग गरेको हो । 
इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि शैक्षिक योग्यता बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ भने सवारी चालकको हकमा १० वर्ष कार्य गरेको अनुभव हुनुपर्नेछ ।
बैंकले सिभिल इन्जिनियरका लागि अन्तरवार्ताबाट नियुक्त गर्ने भएको छ भने सवारी चालकका लागि प्रयोगात्मक र अन्तरवार्ताबाट नियुक्त गर्ने बैंकले जनाएको छ । 
बैंकले इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र अन्य सेवा सुविधा तोकेको छ । यस्तै सवारी चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाजा खर्च तथा अतिरिक्त अन्य सेवा सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ । इच्छुक व्यक्तिले भदौ २२ गतेसम्म निवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै