PRABHU BANK

बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकल गर्ने भएको छ । राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकल गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलनको उपकरणमार्फत रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्ने भएको हो ।
निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ । यस्तै बोलकबोल बहु व्याजदरमा पनि गर्न सकिनेछ । 
बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहिबार असोज ८ गते बिहीबार दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यसको साँवा तथा व्याज भुक्तानी कात्र्तिक ६ गते हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै