चेक अनादर मुद्दामा एक जना पक्राउ

काठमाडौँ। चेक अनादर मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि बस्ने नवराज परियार रहेका छन्।

८ लाख ५० हजार बिगो तोकिएका उनलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालत, बबरमहलले उनलाई आठ लाख पचास हजार रुपैयाँ बिगो २ वर्ष कैद फैसला गरेको थियो। उनलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै