PRABHU BANK

ग्लोबल आइएमई बैंकले गर्यो होटल व्यवसायी महासंघ नेपालसँग सम्झौता

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले होटल व्यवसायी महासंघ नेपालसँग सम्झौता गरेको छ । बैंकले महासंघसँग आवद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवम सरलताका साथ बैंकिङ कारोबारको पहुँचभित्र ल्याउने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
ग्लोबल आइएमई बैंकका तर्फबाट सिईओ रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका तर्फबाट अध्यक्ष हिराध्वज शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।
साथै महासंघसंग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै