PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Nadep Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुरक्षित गर्ने असोज १३ गते मंगलबार अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्ने प्रयोजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाको सेयर दाखिला खारेज बन्द गर्ने भएको छ । त्यसैले मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
कम्पनीको भाद्र ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५औं वार्षिक साधारणसभा असोज २८ गते बुधबार हुने भएको छ । कम्पनीको उक्त साधरणसभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नागार्जुन-१ काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने भएको हो ।
सभामा कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागी १९ लाख ३६ हजार ८ सय ४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै