PRABHU BANK

नेको इन्स्योरेन्सले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्री गर्ने

Neco Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहको १० लाख ७० हजार २ सय ६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । आवेदन भने आश्विन २० गतेदेखि कार्तिक ४ गतेसम्म दिन सक्नेछन् । 
कम्पनीले सेयरको न्युनतम मूल्य प्रतिसेयर ३ सय ९५ रूपैयाँ तोकेको हुँदा लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नु पर्नेछ ।
त्यसैगरी लगानीकर्ताले न्युनतम ५ हजार कित्तादेखि अधिकतम सेयर संख्याको हद लाग्ने छैन । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै