PRABHU BANK

बैंक अफ काठमाण्डूमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कन्चनपुरको बेलौरी बजारस्थित श्रीपुर शाखाका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ भने संक्रमित बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
यस्तै बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएको कर्मचारीको सम्पर्कमा आएको अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकको सेवा बन्द हुने बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डूका कर्मचारी काठमाडौंबाट फर्केपछि उनीमा ज्वरो देखिएको थियो । सोही क्रममा पिसिआर चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै