National

नबिल बैंकले भन्यो-‘प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउनू’

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन आग्रह गरेको छ । 
बैंकले बैंक खाता खोल्दा रजिस्टर गराएको मोबाइल नम्बर छैन र अर्को नम्बर चेन्ज भएको छ भने उक्त नयाँ मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको हो ।
बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर १ वर्ष यता प्रयोग गरिएको छैन भने तुरुन्तै अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकहरूले १ वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको छ । सोही कारण बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै