National

बैंक अफ काठमाण्डूद्धारा ग्रिन पिन सेवा सार्वजनिक, कार्डबाटै पिन सेट तथा रिसेट गर्न सकिने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौंं । बैंक अफ काठमाण्डूले ग्रिन पिन सेवा सार्वजनिक गरेको छ । बैंकले सहज रुपमा कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सेवा सार्वजनिक गरेको हो ।
यस सुविधाबाट बैंकको नयाँ ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर मेनु छानी आफैले पिन सेट तगर्न सक्ने भएका छन् । यस्तै पुराना कार्डबाहक ग्राहकहरुले भने आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।
कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटिपि प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटिपि प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै