- बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंक एक-आपसमा गाभिने भएको छ । सर्लाहीको मलग्वामा केन्द्रिय कार्यलय रहेको सहारा विकास बैंकलाई काठमाडौंमा केन्द्रिय कार्यलय रहेको गरिमा विकास बैंकले प्राप्ती गर्ने भएको हो ।
गाभिने सम्बन्धि दुवै बैंकबीच असोज १७ गते शनिबार सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ । साहारा विकास बैंकलाई प्राप्ति गरेसँगै तराईमा पनि गरिमा विकास बैंकको उपस्थिति बलियो बनेको छ ।
हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व रुपैयाँ रहेको छ भने चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै सहारा विकास बैंकको भने अधिकृत पुँजी ५० करोड रुपैयाा रहेको छ भने चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।
गरिमा विकास बैंकले देशभर रहेका १ सय २ शाखा कार्यालमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यसैगरी सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । यस्तै प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्नेसमेत सहमति भएको बैंकले जनाएको छ ।