PRABHU BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा मृतकको परिवारलाई बीमा दावी वापतको रकम हस्तान्तरण

Life Insurance Corporation
  • बैंकिङ संसार
तिलोत्तमा । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)ले मृतकको परिवारलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बुटवल शाखाले कोरोना कहरकाबीच जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
गत भदौ १० गते स्कुटी दुर्घटनामा ज्यान गुमाएका शंकर कार्कीको परिवारलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
शनिबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक सूर्यबहादुर जिसी, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता केशवकुमार श्रेष्ठले बीमा दावी बापत ४१ लाख ५४ हजार रुपैयाँको चेक मृतकको पत्नी कृष्णकला कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
मृतक कार्कीले २० लाख रुपियाँको जीवन तरंग बीमा गरी पहिलो किस्ता बापत १ लाख १ हजार रुपैयाँ बुझाएका थिए । एलआइसीका बुटवल शाखा प्रमुख सूर्यबहादुर जिसीले कोरोना कहरको अवस्थामा पनि आफुहरुले बीमा दावी गरेको एक सातामै रकम हस्तान्तरण गरेको बताएका छन् । ।
एजेन्सी म्यानेजर यमबहादुर राना मगरले आवश्यक कागजात पूरा गरेको एक हप्ताभित्र एलआइसीले सहज ढंगले मृत्यु दावी रकम हस्तान्तरण गरेकोमा कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै