PRABHU BANK

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने, बोलकबोल कहिले ?

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (घ) नामको ऋणपत्र जारी गर्न लागेको हो । 
उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने भएका छन् ।
खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पनि पाइने भएको छ । उक्त ऋणपत्रको बोलकबोल असोज २० गते मंगलबार अपरान्ह ३ बजे हुने बैंकले जनाएको छ । 
असोज २१ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल असोज २१ गते भुक्तानी हुने भएको छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै