एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारवाही गरेको हो।

एनआईसीले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दफा १००(२)(ग)) अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ।

यसरी नियामकीय प्रावधान नै उल्लंघन गरेको खुलासा भएपछि बैंकलाई कारवाही गर्न राष्ट्र बैंक बाध्य भएको छ। राष्ट्र बैंकले यसअघि पनि नियम उल्लंघन गरेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई कारवाही गरेको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्