काठमाडौँ। नबिल बैंकले सेयर बिक्रीमा राखेको छ। बैंकले सवा १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो। उक्त सेयरमा संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०१.१० रुपैयाँ तोकिएको छ।
निवेदन काठमाडौँको नक्साल नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा ७ दिभित्र बुझाउनुपर्ने बैंकले जनाएको छ ।


