National

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १३ हजार कित्ता संस्थापक समूहको सेयर विक्रीमा

Excel Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १३ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला गर्ने भएको हो । 
बैंकका सेयरधनी तारा प्रसाद दाहलले आफ्ना नाममा रहेको संस्थापक सेयरमध्ये १३ हजार कित्ता सेयर विक्री गर्नको लागि निवेदन पेश गरेका थिए । सोही सेयर बिक्री गर्न लागिएको हो ।
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।
सेयरधनीहरुले उक्त आवेदन भने सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी दिनु पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै