PRABHU BANK

प्रभु बैंक लिमिटेडको नयाँ शाखा सञ्चालनमा, सुरेश अधिकारीद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो नयाँ शाखा सञ्जाल सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.०१ स्थित श्रीनगरमा सञ्चालनमा ल्याएको हो । 
बैंकले श्रीनगरमा आफ्नो २०९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले विहान १०ः०० बजे उद्घाटन गरेका हुन् ।
शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको भन्दै शुभकामना व्यक्त गरेका छन् ।
यस्तै बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएका छन् ।
उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । 
यस्तै स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास पनि बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै