National

नबिल बैंक लिमिटेडको २६ कित्ता संस्थापक सेयर बिक्रीमा

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको केहि संस्थापक समूहको सेयर बिक्रि गर्ने भएको हो । 
बैंकका संस्थापक सेयरधनीहरुमध्येका लिला बहादुर रसाइलीको नाममा रहेको २६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 
संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन पेश गर्न आग्रह गरेको हो । 
यस्तै आवेदन भने सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड नक्साल नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न पनि बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै