National

हेर्नुहोस् यस्तो छ एभेरेष्ट बैंक लिमिटेडले सार्वजनिक गरेको नयाँ व्याजदर

Everest Bank
  • बैंकिङ संसार 
काठमाडौं । एभेरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २७ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले उक्त खाताहरुमा कार्तिक १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । 
बैंकले मुद्दती निक्षेपमा भने ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर तोकेको छ । 
यस्तै ६ महिनादेखि १ वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर कायम गरिएको छ ।
बैंकले १ वर्षदेखि १० वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ७.२५ प्रतिशत प्रदान गर्ने भएको छ भने संस्थागततर्फ ६.५० प्रतिशत व्याज प्रदान गर्ने भएको छ । यसैगरी बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.३९ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै