National

एनआईसी एशिया बैंकद्धारा नयाँ योजना सार्वजनिक, ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘डिजिटल उत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको हो । बैंकले वडादशैं, शुभ दिपावली र छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो ।
अब बैंकका ग्राहकहरुले १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता लिन सक्ने भएका छन् । यस योजना भने कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म मात्र लागू हुने भएको छ ।
यस योजनामा बैंकका मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास व्याक प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै