National

युनाइटेड फाईनान्सद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ नयाँ व्याजदर

United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड फाईनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाईनान्सले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
फाईनान्सले कार्तिक १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ४.५० प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
फाईनान्सले मुद्दती निक्षेपमा ३ महिनासम्मको लागि व्यक्तिगततर्फ ६ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ५ प्रतिशत व्याजदर तोकेको छ । यसैगरी ६ महिनादेखि ९ महिनासम्मको लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 
यस्तै ९ महिनादेखि १ वर्षसम्मको लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरिएको छ । फाईनान्सले १ वर्षदेखि ५ वर्षसम्मको लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ७.७५ प्रतिशत व्याजदर तोकेको छ ।
यसैगरी ५ वर्षदेखि १० वर्षसम्मको लागि भने व्यक्तिगततर्फ १०.५० प्रतिशत र संस्थागततर्फ १० प्रतिशत व्याजदर कायम गरिएको छ । फाईनान्सको आधार दर १०.५७ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.९८ प्रतिशत रहेको छ । ।
यस्तो छ फाईनान्सले सार्वजनिक गरेको नयाँ व्याजदरः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै