National

हेर्नुहोस् यस्तो छ महालक्ष्मी विकास बैंक लिमिटेडले सार्वजनिक गरेको नयाँ व्याजदर

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २२ प्रकारको बचत खाताको नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले कार्तिक १ गते शनिबारदेखि लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दती निक्षेपमा ३ महिनादेखि छ महिनासम्मको लागि व्यक्तिगततर्फ ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ भने संस्थागततर्फ ६ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । यस्तै ६ महिनादेखि १ वर्षसम्मको लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ७ प्रतिशत व्याजदर तोकेको छ ।
यसैगरी १ वर्षदेखि ३ वर्षसम्मको लागि भने व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरिएको छ । बैंकले ३ वर्षदेखि ६ वर्ष सम्मको लागि भने व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 
यस्तै ६ वर्षदेखि १० वर्षसम्मको लागि भने व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.७५ प्रतिशत व्याजदर कायम गरेको बैंकले जनाएको छ । बैंकको आधार दर ९.२० प्रतिशत रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै