National

यस्तो छ समृद्धि फाइनान्स लिमिटेडले सार्वजनिक गरेको नयाँ व्याजदर

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाईनान्सले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
फाईनान्सले कार्तिक १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ६ प्रतिशत र अधिकतम ७ प्रतिशत व्याजदर कायम गरेको छ ।
फाईनान्सले मुद्दती निक्षेपमा ३ महिना महिनासम्मको लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर तोकेको छ । यसैगरी ६ महिनासम्मको लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 
यस्तै ९ महिना सम्मको लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरिएको छ । फाईनान्सले १ वर्षसम्मको लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ८.५० प्रतिशत व्याजदर तोकेको छ ।
यसैगरी १ वर्षदेखि २ वर्षसम्मको लागि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत व्याजदर कायम गरिएको छ । फाइनान्सले २ वर्ष भन्दा माथिको लागि भने व्यक्तिगततर्फ ९ं५० प्रतिशत र संस्थागततर्फ ८.७५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । फाईनान्सको आधार दर २०.८४ प्रतिशत रहेको छ ।
यस्तो छ फाईनान्सले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै