National

राष्ट्रिय वाणिज्य बैंकद्धारा नयाँ योजना सार्वजनिक, पिओएसको माध्यमवाट भुक्तानी सेवा लिन सकिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आउँदो दशै एवं तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा सुरु गर्ने नयाँ योजना सार्वजनिक गरेको हो । 
विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि उक्त सेवा सुरु गरेको बैंकले जनाएको छ ।
देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा १ हजार रुपैंयासम्म क्यास ब्याक हुनेसमेत बैंकले जनाएको छ ।
विश्वव्यापीरुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागिसमेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग बैंकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकत्तम फाईदा पुग्ने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै