- बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको बिक्री खुल्ला हुने भएको छ । बैंकको १ लाख १ हजार कित्ता संस्थापक सेयर बिक्री खुुल्ला गर्ने भएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह पनि बैंकले गरेको छ ।
बैंकले ईच्छुक आवेदकहरुलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह पनि गरेको छ । सेयरको बिक्री मुल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।