वाणिज्य बैंकहरुको ब्याजदर थप घट्यो, ११ बैंकको ब्याजदर घट्दा एउटा बैंकको बढ्यो, ८ बैंकको ब्याजदर स्थिर !

काठमाडौँ। वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरण अनुसार माघ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर थप घटेको छ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा ०.१४९५ प्रतिशतले घटेर ४.६८४५ प्रतिशत कायम भएको छ । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ४.८३४ प्रतिशत रहेको थियो ।

माघ महिनामा २० वाणिज्य बैंकमध्ये ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् भने ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंक रहेका छन् । तर, प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएको छ ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् । प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै