स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित यादव पक्राउ

काठमाडौँ। स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक जना व्यक्ति प्रहरीको फन्दामा परेका छन्। सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित भगवानपुर गाउँपालिका ३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव प्रहरीको फन्दामा परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका ४ ठाडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिगेको हो।

चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै