काठमाडौँ। बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिना मंसिरसम्ममा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३० प्रतिशतले बढेको पाइएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुबाट १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्म बैंकहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ कर्जा गएको थियो।
चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको मंसिरसम्म यो रेन्जको कर्जा ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ गएको थियो।

