सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले पुस २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी नर बहादुर गुरुङको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

यसअघि बैंकको विद्यमान संस्थापक सेयरधनीका लागि निष्काशन गरेको सो सेयर खरिदका लागि उनीहरुबाट आवदेन नपरेपछि बैंकले उक्त सेयर अन्य व्यक्ति, संघ संस्थाका लागि बिक्री खुला गरेको हो।

सेयर खरिद गर्न इच्छुकले यो सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्