बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका भक्त बहादुर पछाई र काठमाडौंका उमेश अधिकारी रहेका छन्।

पक्राउ परेकामध्ये पछाईलाई १५ दिन कैद र ३५ लाख जरिवाना र अधिकारीलाई १ लाख ४७ हजार जरिवाना तोकिएको प्रहरी जनाएको छ।

हाल उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै