काठमाडौँ। पुष मसान्त नजिकिएसँगै बैंकका कर्मचारीलाई रिकभरीको तनावले सताउन थालेका छन् । पुष मसान्त नजिकिंदै गर्दासमेत ऋणीहरु ऋण तिर्न नआएपछि बैंकका कर्मचारीहरु तनावमा परेका हुन् ।
बैंकका कतिपय कर्मचारीले ऋणीका घरघर पुगेर ऋण उठाउन थालेका छन् । फोन र एसएमएस गर्दा पनि ऋणीले रेस्पोन्स नगरेपछि ऋणीको घरमै पुगेर बैंकरहरुले ताकेता गर्न थालेका हुन् ।
यता किस्ता नतिरेका ऋणीहरुले फोन नै अफ गरेर सम्पर्कविहीन हुने घटना ह्वात्तै बढेका छन् । अरु बेला सम्पर्कमा आउने भए पनि पुष मसान्त नजिकिएसँगै ऋणीहरु सम्पर्कविहीन हुन थालेका हुन् । कतिपय बैंकहरुले पुष मसान्तमा ऋण ठिक छ भनेर देखाउन ऋण नतिरेका ऋणीहरूलाई पनि थप ऋण दिएर त्यहींबाट ब्याज असुलिरहेको पाइएको छ ।
विशेषगरी ऋण बिग्रिएका ठुला फाइलमा यस्तो प्रवृति देखिएको हो ।

