काठमाडौँ। सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो।
बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने भएको छ। हालसम्म अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ।

