कुमारी बैंकको एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौँ। कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक रहेका छन् । प्रहरी वृत्त सातदोबाटोको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

बुधबार राती सवा ११ बजेतिर उनीहरूले कुमारी बैंकको एटीमए तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै