PRABHU BANK

बि.ओ.के क्यापिटल मार्केटको ५औं वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने विषयहरु

B.O.K Capital Market
  • बैंकिङ संसार
काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको उक्त साधरणसभा मंसिर ५ गते शुक्रबार हुने भएको हो । 
कम्पनीको उक्त साधरणसभा कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा हुने भएको छ । उक्त साधरणसभा भने विद्युतीय माध्यमबाट दिउँसो १ बजे सुरु हुने भएको हो । 
कम्पनीले उक्त सभामा ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । 
यसैगरी आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल हुने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै