DISH HOME

माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्न खोज्ने व्यक्ति पक्राउ

Machhapuchchhre Bank
  • बैंकिङ संसार
तनहुँ । माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । बैंकको तनहुँको दमौलीमा रहेको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका हुन् । 
पक्राउ पर्ने व्यक्ति पर्सा सुगौली गाउँपालिका-२ स्थित बसोबास गर्ने १९ वर्षीय किरण बानियाँ रहेका छन् ।
व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैंकको एटिएम मेसिन तोडफोड गरी पैसा लुट्न एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा बानियाँलाई कार्तिक १४ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । 
उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका हुन् । 

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै