PRABHU BANK

नेपाल राष्ट्र बैंकद्धारा सरकारी खाता सञ्चालन निर्देशिका २०७६ संशोधन

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी खाता सञ्चालन निर्देशिका २०७६ संशोधन गरेको छ । बैंकले उक्त खाता सञ्चालनका लागि सरकारी कारोबार निर्देशिका २०७६ को पहिलो संशोधन गरेको हो । 
राष्ट्र बैंकले सरकारी कारोबारका लागि वाणिज्य बैंकलाई मात्र खाता सञ्चालन गर्ने अनुमति दिएको छ । उक्त निर्देशिकाको बुँदा नंम्बर ४.२.१ र ४.२.२ को तेस्रो अनुच्छेदमा तथा बुँदा ४.२.४ र ४.३.१ को अन्त्यमा रहेको बाक्याशलाई संशोधन गरेको हो । 
राष्ट्र बैंकले एक निर्देशिका संशोधन गर्दै यस्तो खाता महानगरपालिका तथा उप-महानगरपालिका अन्तर्गत रहेका आयोग, आयोजना, महाशाखा, वडालगायतका खर्च केन्द्रहरुमा लेखा सञ्चालन गर्न आर्थिक प्रशासन तर्फको छुट्टै अधिकृतको समेत व्यवस्था गरि खोल्न सकिने जनाएको छ । 
साथै यस्ता खाताहरु अनिवार्य रुपमा सम्बन्धीत खर्च केन्द्रहरुका नाममा खोली सम्बन्धीत समूह अन्तर्गत नै राखी उक्त खाताहरुमा भएको कारोबार रकम स.फा.नं १ मा समावेश गरि प्रतिवेदन पेश गर्नुपर्ने पनि जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै