काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेशनल मनी चेन्जरको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेशनल मनी चेन्जरको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको कम्पनीले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम ३ मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगराएकोले भारतीय रुपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गरेको हो ।
राष्ट्र बैंकको नियम उल्लङ्घन गरेको पाइएपछि राष्ट्र बैंकले नेशनल मनी चेन्जरको लाइसेन्स नै खारेज गरेको छ ।

