PRABHU BANK

स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित ११.८४ प्रतिशत लाभांश विवादमा, हेर्नुहोस् यस्तो छ कारण

Standard Chartered Bank
  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रस्तावित ११.८४ प्रतिशत लाभांश विवादमा आएको छ । बैंकको कार्तिक १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो मात्राको लाभांश विवादमा आएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जुन नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने हुन्छ । तर नेपाल राष्ट्र बैंकले भने बैंकको प्रस्तावित लाभांशलाई स्वीकृत नगर्ने भएको छ ।
बैंकद्वारा प्रस्तावित लाभांशमा बोनस सेयर र नगद लाभांशको अनुपात राष्ट्र बैंकको निर्देशन बाहिरको भएकाले राष्ट्र बैंकले उक्त प्रस्तावलाई स्वीकृत नगर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको बोनस सेयर र नगद लाभांशको अनुपात ७०ः३० हुनुपर्ने व्यवस्था रहेको छ । 
तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको लाभांशमा नगद लाभांशको अनुपात ४० प्रतिशतभन्दा बढी रहेको छ । यससँगै बैंकले प्रस्तावित लाभांशमा संशोधन गरेपछि मात्रै राष्ट्र बैंकले स्वीकृत गर्नेछ ।
बैंकले बोनस सेयर र ४.८४ प्रतिशत नगद गरी ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन लाभांशदर कम्पनीले अघिल्ला वर्षहरुमा वितरण गर्दै आएको लाभांशको तुलनामा हालसम्मकै न्युन हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै