२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस १४ गते आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस १४ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै