PRABHU BANK

सिटिजन्स बैंक र फ्लेक्स फिटनेस सेन्टरबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशत छुट

citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिब १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै