PRABHU BANK

सारथी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा

Sarathi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीको कात्तिक १६ गते आइतबारदेखि सेयर कारोबार फुकुवा भएको हो । 
यस कम्पनीले नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी मर्जरपश्चात कायम सेयर सूचीकृत गराएपश्चात कारोबार फुकुवा भएको हो । 
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर कात्तिक १६ गते सूचीकृत भएको हो । 
साविकका नयाँ नेपाल लघुवित्तको सेयरधनीहरुले सोमबारदेखि सारथी लघुवित्तको नामबाट सेयर कारोबार गर्न सक्ने भएका छन् । 
यी दुई कम्पनी १ः१ सेयर आदानप्रदान गरी मर्जरमा गएका हुन् । यी दुई लघुवित्त एक भई असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै