National

मुक्तिनाथ विकास बैंकको ८ वटा व्यवसायिक संस्थासँग सम्झौता, ३० प्रतिशतसम्म छुट पाउने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ८ वटा व्यवसायिक संस्थासँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिजा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
बैकको सम्झौता भएका व्यवसायिक संस्थाहरुमा त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, धुलिखेल माउण्टेन रिर्सोट, ओडान ग्रुप अफ कम्पनी, ल्याण्डमार्क होटल, स्तुपा रिर्सोट, जम्बाला रिर्सोट, जम्बाला रिर्सोट र देव कर्नर ज्वेलरी रहेका छन् ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकलहरुले ब्लुक्रस अस्पतालमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोटमा १० प्रतिशत, माउण्टेन रिर्सोटमा १० प्रतिशत, स्तुपा रिर्सोटमा १५ प्रतिशत छुट पाउने भएका छन् । 
यसैगरी जम्बाला रिर्सोट र जम्बाला रिर्सोटमा १५ प्रतिशत, ल्याण्डमार्कमा होटलमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र देव कर्नर ज्वेलरीमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै