नेपाल स्टक एक्सचेञ्जद्धारा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । बैंकको कात्तिक १७ गते सोमबार नेपाल स्टक एक्सचेञ्जले सेयर मूल्य समायोजन गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले १० प्रतिशत बोनस सेयर समायोजनपश्चात बैंकको सेयर मूल्य ३२० रुपैयाँ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मुल्य समायोजन गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २८ गते आम्रपालि ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे साधरणसभा बोलाएको छ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । 
साथै सो सभाले लाभांश कर प्रयोजनका लागि ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जस्ता प्रस्तावहरु पनि पारित गर्ने भएको छ।
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ भने बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्