HIMALAYAN LIFE
Banking Sansar Mobile App

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा झेल गरेको आरोपमा सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ !

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। विभिन्न कम्पनीको सेयर कारोबारमा भित्री कारोबार (इनसाइडर ट्रेडिङ) मा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानपछि अग्रवाल भित्री कारोबारमा संलग्न रहेको निष्कर्ष निकाल्दै फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको थियो। सोही आधारमा सीआईबीले उनलाई पक्राउ गरेको हो।

बोर्डका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाउने कार्य गरेको दाबी बोर्डको छ ।

धितोपत्र ऐनको दफा ९४ (क) र (ख) तथा दफा ९५ बमोजिम झुठो कारोबार र सेयर मूल्य प्रभावित गर्ने कसूर गरेको फेला परेको बोर्डले जनाएको छ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।