PRABHU BANK

स्वदेशी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चापागाईँद्वारा राजिनामा

Swadeshi Laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईँले पदबाट राजिनामा दिएका छन् । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सो कम्पनीका सिईओले राजिनामा दिएका हुन् ।
प्रदेश नं १ को इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको कार्तिक १७ गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकमा चापागाईँले दिएको राजिनामामाथि छलफल भएको हो । 
चापागाईँको राजिनामा भने आगामी मंसिर १ गतेदेखि स्वीकृत हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले मंसिर १ गतेदेखि उक्त सिईओ पदमा कम्पनीका फाइनान्स प्रमुख तथा कामु नायब प्रबन्धक राजन मगरलाई कामु सिईओको जिम्मेवारी तोकिएको पनि कम्पनीले जनाएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत साउन ३२ गते एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको थियो । देशभरि ८५ वटा शाखा कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाबीच आगामी पुस महिनाभित्रैमा एकीकृत कारोबार गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै