National

तिनाउँ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारणसभा मंसिर ७ गते हुने, यस्ता छन् मुख्य एजेण्डाहरु

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारणसभा हुने भएको छ । बैंकको आगामी मंसिर ७ गते विशेष साधारणसभा हुने भएको हो । उक्त सभा भने दिउँसो १ बजे रुपन्देहीको बुटवलमा रहेको संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा भिडियो कन्फ्रेरेन्समार्फत हुने भएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनको लागि स्वीकृत पाएसँगै बोनस सेयर वितरण पश्चात सेयर संरचना परिवर्तन भएकाले उक्त सभा हुने भएको हो ।
बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस सेयर पश्चात र साविकको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारणतर्फ ३६.६७ प्रतिशत सेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी कार्तिक २६ गते १ दिनको लागि बुक क्लोज हुने भएको छ । यससँगै कार्तिक २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै