National

सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Sanima General Insurance
  • बैंकिङ संसार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण सेयर कार्तिक १८ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 
सानिमा जनरल इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्जबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएसँगै उक्त कम्पनीको सेयर कारोबार दोश्रो बजारमा कार्तिक १९ गते बुधवारबाट हुने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम मुल्य १ सय ३.७३ रुपैयाँ र अधिकतम ३ सय ११.१९  रुपैयाँ तोकेको छ । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस्तै कम्पनीको सेयर कारोबार गर्न नेप्सेले एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै