PRABHU BANK

कामना सेवा विकास बैंकद्धारा ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले कार्तिक १४ गते शुक्रबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 
बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएको हो । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।
जसमध्ये ४० करोड बराबरको ऋणपत्र सर्वसाधारणको लागि निष्कासन हुने भएको छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्टअन्तर्गत निजि तवरबाट बिक्रि हुने भएको छ ।
१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने भएको छ । बैंकको ऋणपत्र निष्कासनमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै