PRABHU BANK

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने कार्तिक १९ गते अन्तिम दिन

Gurans Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने कार्तिक १९ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारणसभा बोलाएको छ ।
साधारणसभाका लागि कम्पनीले कार्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन कार्तिक १९ गतेभित्र सेयर सुरक्षित गनुपर्ने भएको हो ।
कम्पनीको कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको छ ।
सभामा कम्पनीको भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार आर्थिक वर्ष २०७४/७५ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै